समाज


झापाबाट ४ महिनापछि काठमाडौँ फर्किंदै पूर्वराजा ज्ञानेन्द्र, राजावादीले प्रदर्शनको तयारी गरेपछि विमानस्थलमा निषेधाज्ञा

झापाबाट ४ महिनापछि काठमाडौँ फर्किंदै पूर्वराजा ज्ञानेन्द्र, राजावादीले प्रदर्शनको तयारी गरेपछि विमानस्थलमा निषेधाज्ञा

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८२ शुक्रबार १०:२८, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट चार महिनापछि काठमाडौँ आउँदैछन्। 

राजावादीले ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्ने तयारी गरेका छन्। ज्ञानेन्द्रको स्वागतमा विमानस्थल क्षेत्रमा राजावादीले प्रदेर्शनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले विमानस्थलभित्र निषेधाज्ञा जारी गरेको छ। 

ज्ञानेन्द्र शुक्रबार दिउँसो १२ बजेर ४० मिनेटमा बुद्ध एयरको विमानबाट काठमाडौँ आउने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ। 

ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजावादीको घुइँचो लाग्ने भएपछि सरकारले निर्वाचन आचारसंहिता देखाउँदै निषेधाज्ञा जारी गरेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न भनेका छन्। विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

विगत केही दिनदेखि पूर्वराजालाई विमानस्थलमा स्वागत गर्न आग्रह गर्दै दुर्गा प्रसाईँ नेतृत्वसहितको समूहले प्रचार गर्दै आएको छ। 

सरकारले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थल क्षेत्र वरपर र रिङरोडदेखि निर्मलनिवाससम्मको सुरक्षा व्यवस्था कडा पारिएको हो। 

राजावादीले विभिन्न स्थानमा भेला भएर पूर्वराजालाई स्वागत गर्ने तयारी गरेका छन्। पत्नी कोमलको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौँ आउन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad