समाज


चितवनमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा १ को मृत्यु, ४ जना घाइते

चितवनमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा १ को मृत्यु, ४ जना घाइते

नेपालखबर
माघ २९, २०८२ बिहिबार ९:२२, चितवन

चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

स्थानीय गीतानगरमा आज बिहान अटोरिक्सालाई स्कार्पिओ गाडीले ठक्कर दिँदा भएको दुर्घटना हुँदा एक जनाको मृत्यु र चारजना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। 

दुर्घटनामा माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको मत्यु भएको हो। 

गम्भीर घाइते उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कार्पिओले ठक्कर दिँदा दुर्घटना भएको हो। 

घाइते चारै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad