ad ad

समाज


उडिरहेको विमानको इन्जिन बिग्रिँदाको त्यो क्षण...

उडिरहेको विमानको इन्जिन बिग्रिँदाको त्यो क्षण...

नेपालखबर
असार २५, २०७६ बुधबार ६:५३,

पाइलटले नर्थ क्यारोलिनामा आकस्मिक अवतरण गर्ने सूचना जारी गरेपछि यात्रुहरु झन अत्तालिएका थिए।

‘जब हामीले क्याबिनमा धुवाँ देख्यौं। हामी अत्तालिसकेको थियौं।’ डेल्टा फ्लाइट १४२५ का यात्रु अभेरी पोर्चले सीएनएनसँग भनिन्,‘विमानको उडानको तेज कम हुँदै गयो, भित्रको पंखाहरु बन्द भए, गर्मी भएको थियो।’

यसै साता डेल्टा विमान १ सय ५० यात्रु एटलान्टादेखि बोकेर बाल्टिमोरका लागि उडिरहेको थियो।

सोही समयमा यात्रुलाई पाइलटले एउटा इन्जिनमा खराबी आएको र नर्थ क्यारोलिनामा आकस्मिक अवतरण गर्ने बताएका थिए।

पोर्चकी प्रेमी टाइलर क्रिउगर भन्छन्,‘त्यसबेला मैल मोबाइलबाट फोन झिकेर आमालाई आइ लभ यु लेखे।’

विमान रेलइ–डुरहाम अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भयो। सबै यात्रु जोगिए। कसैले सानो चोट पनि लागेन।

पोर्च भन्छिन्,‘हामी सबै मर्छौ भन्ने लागेको थियो। तर भाग्यवश बाँचियो।’

हाल उक्त विमानको इन्जिन फेरिएको छ। डेल्टाले सो विमान काममा फर्किएको पनि जनाएको छ।

यस घटनाको भिडियोसमेत सार्वजनिक भएको छ।

भिडियो

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .