एक महिलालाई बलात्कार गरेको अभियोगमा पूर्वप्रहरी जवान भूपेन्द्रसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढा थापाका अनुसार ठगुन्नालाई शुक्रबार काठमाडौँमा पक्राउ गरिएको हो।
पीडित महिला सुर्खेतकी भएकाले आरोपित ठगुन्नालाई काठमाडौँबाट सुर्खेत लगेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उनले बताए।
‘उनलाई काठमाडौँ प्रहरीको समन्वयमा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी यहाँ ल्याएका हौँ’, डीएसपी बुढाथापाले शनिबार दिउँसो नेपालखबरसँग भने।
अभियोग लागेपछि फरार उनी कहाँबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिएलगायत विस्तृत कुरा भने उनले बताउन चाहेनन्।
आफूलाई बलात्कार गरी गर्भवती बनाएको भन्दै न्यायका लागि ३ महिनादेखि संघर्षरत सुर्खेतकी ती महिला सिंहदरबारमा पनि धर्नामा बसेकी थिइन्।
Shares

प्रतिक्रिया