समाज


नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

नेपाली पनि परेका मेघालयको खानी विस्फोट स्थलमा थप ४ शव भेटियो, मृतकको संख्या २५ पुग्यो

मेघालयको कोइला खानीमा विस्फोट हुँदा मृत्यु तथा घाइते भएकाहरूका आफन्त।


नेपालखबर
माघ २४, २०८२ शनिबार ९:३७, काठमाडौँ

नेपाली पनि परेका भारतीय राज्य मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइला खानीमा भएको विस्फोटमा मृत्यु भएकाको संख्या २५ पुगेको छ।

पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षक विकास कुमारले बीबीसी हिन्दीलाई बताएअनुसार, ‘उद्धार टोलीले खानीबाट थप चार शव निकालेको हो। थाङ्स्को क्षेत्रको मिन्सिङगाटमा भएको विस्फोट स्थलमा अझै खोजी जारी छ।’

घटनास्थलमा खोजी जारी।

थप ४ शव भेटिएपछि घटनामा मृत्यु भएकाको संख्या २५ पुगेको छ। जसमा नेपाली पनि २ जना छन्। 

प्रहरी उपरीक्षक कुमारले भने, ‘अहिलेसम्म फेला पारिएका शवमध्ये १७ जनाको पहिचान गरी आफन्तहरूलाई हस्तान्तरण गरिसकिएको छ।’

मेघालयको उम्प्लेङ प्रहरी चौकीको क्षेत्राधिकारमा रहेको अवैध कोइला खानीमा बिहीबार बिहान शंकास्पद डाइनामाइट विस्फोट भएको थियो। जतिबेला त्यहाँ धेरै जना कामदार काम गरिरहेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad