ad ad

समाज


सीमा खुलेको हल्लाले भारतीय बजार छिरेका सयाैं नेपाली कडाइपछि उतै रोकिए

सीमा खुलेको हल्लाले भारतीय बजार छिरेका सयाैं नेपाली कडाइपछि उतै रोकिए

शैलेन्द्र महतो
बैशाख २५, २०७७ बिहिबार १५:२९,

महामारी कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनसँगै नेपाल भारत सीमा पूर्णरुपमा सिल गरेको छ। खुल्ला सीमाको कारण संघीय सरकारले प्रदेश २ लाई रेडजोडनमा राखेको छ।

सीमा पूर्ण रुपमा सिल गरिए पनि बिहीबार साँझ सीमा दुई घण्टाको लागि खुलेको हल्ला फिँजिएपछि महोत्तरीको मठिहानी नाकाबाट झण्डै पाँच सय नेपाली सीमा पारिको भारत बिहारको मधवापुर बजार गएको घटना सार्वजनिक भएको छ।

स्थानीय अर्जुन साहका अनुसार बिहीबार साँझ ६ बजे मठिहानी नगरपालिका वडा नं. २ बाट झण्डै पाँचसयको संख्यामा नेपालीहरु मधवापुर बजार सामान किनमेल गर्न गएका थिए। तर एकछिनमै फेरि दुवै तर्फको प्रशासनले सीमामा कडाई गरेपछि धेरै नेपाली उत्तै घेरिएको उनले बताएका छन्।

‘सिमानाका केही समयको लागि खुल्दा ५ सयभन्दा बढी नेपाली मधवापुर बजार गएका थिए’ उनले आफ्नो समाजिक सञ्जालमा लेख्दै प्रशासनप्रति प्रश्न उठाएका छन् ‘प्रशासनको उपस्थितिमा सिमानाका कसरी खुल्यो? भारतीय बजारमा सामान किन्न गएका नागरिक फेरि कसरी नेपाल आउने?’

मठिहानी नगरपालिकाका स्थानीय बासिन्दा समेत रहेका नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलका अनुसार साँझ ६ बजेतिर एकाएक सिमानाका खुलेको हल्ला फैलिएपछि धेरै मानिसहरु सीसमापारीको बजार गएका थिए। प्रशासनले कडाइ गरेपछि झण्डै डेढसय नेपाली उतै घेरिएको हुन सक्ने अध्यक्षमण्डलको भनाई छ।

यता सिमानाका नखुलेको र कोही पनि नेपाली भारतीय बजारमा जान नपाएको महोत्तरीका सशस्त्र प्रहरीका एसपी निरकृष्ण अधिकारीले दाी गरेका छन्।

‘साँझ ६ बजेतिर कसैले दुईघण्टाको लागि सिमानाका खुलेको हल्ला फिँजाएका थिए। तर दुवैतर्फका सुरक्षाकर्मीले कडाइ गरेपछि कोही पनि भारतीय बजार जान पाएनन्।’ सशस्त्र प्रहरीका एसपी अधिकारीले नेपालखबरसँग भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .