ad ad

समाज


थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १५:९,

कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कपिलवस्तु–८ का दुई जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा संक्रमण देखिएको हो।

संक्रमित दुई पुरुष १६ र २२ वर्षका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

दुवै जना संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .