बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो।
ट्याक्टरमा सवार अन्य तीन जना घाइते भएका छन्। कैलालीको टीकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्तिमगर र उनका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्तिमगर र टीकापुर–६ का अमित विक घाइते भएका उनले बताए। घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
51
Shares

प्रतिक्रिया