ad ad

समाज


पर्सामा बुधबार पुष्टि भएका १७ संक्रमित सबै आफन्ती

पर्सामा बुधबार पुष्टि भएका १७ संक्रमित सबै आफन्ती

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ११:४१,

बुधबार कोरोना संक्रमण पुष्टि भएका पर्साका १७ जना एउटै परिवारका रहेको पाइएको छ।

उनीहरु २१ गते संक्रमण भेटिएका पुरुषका परिवारकै सदस्यहरु रहेको प्रहरीले जनाएको छ।

सरसफाइको काम गर्ने ती पुरुषमा वैसाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनमा संक्रमण देखिएपछि उनका परिवार र आफन्त गरी ३२ जनाको स्वाब संकलन गरिएको थियो। ती मध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वाब संकलन गरेर उनीहरुलाई घरमै राखिएको थियो। अहिले कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती १७ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

बुधबार संक्रमण देखिएकामा दुई महिनाको शिशुदेखि ६६ वर्षका बृद्धसमेत रहेका छन्।

संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ९९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .