समाज


सनसिटीका ५८ वर्षीय पुरुषसहित निको भएका तीन जनामा पुनः कोरोना संक्रमण

सनसिटीका ५८ वर्षीय पुरुषसहित निको भएका तीन जनामा पुनः कोरोना संक्रमण

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ११:४,

स्वास्थ्य मन्त्रालयले यसअधि कोरोना संक्रमित भई निको भएर घर फर्केका तीन जनामा पुनः कोरोना संक्रमण देखिएको बताएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको भएका तीन पुरुषमा पुनः कोरोना संक्रमण देखिएको पुष्टि गरे।

वैशाख १ गते संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा उपचारपछि बैशाख ११ गते डिस्चार्ज भएका ५८ वर्षीय पुरुषको पुन फलोअपमा नमुना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उनी अस्पतालमा भर्ना भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

त्यसैगरी वैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषको पुन पुनः परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि विरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

निको भएका व्यक्तिमा पुन परीक्षण देखिएपछि थप अध्ययन भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad