समाज


ड्युटीमा खटिएका प्रहरी हवल्दारको लडेर मृत्यु

ड्युटीमा खटिएका प्रहरी हवल्दारको लडेर मृत्यु

नेपालखबर
पुस २८, २०८२ सोमबार १९:४४, काभ्रे

काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका-२, खानिडाँडामा ड्युटीमा खटिएका एक प्रहरी कर्मचारीको लडेर मृत्यु भएको छ।

प्रहरी चौकी फलामेटार काभ्रेमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार रामकृष्ण खड्का आइतबार दिउँसो गोरेटो बाटोबाट करिब २५ मिटर तल सडकमा लडेको अवस्थामा मृत फेला परेका हुन्। उनी सूचना संकलन तथा निर्वाचनसम्बन्धी प्रहरी भर्ना सूचनाको प्रवाहका लागि खटिएका थिए।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी फलामेटार र तालढुंगाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी जिल्ला प्रहरी कार्यालय काभ्रेलाई जानकारी गराएको थियो। घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देविटार र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली खटिएको छ।

दोलखा शैलुङ गाउँपालिका-५ स्थायी घर भएका खड्का यही पुस ९ गतेदेखि प्रहरी चौकी फलामेटारमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad