वन्यजन्तु पीडित नागरिक समूह, बर्दियाले राजधानीमा प्रदर्शन गरेको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज वरपर बस्ने नागरिकको जीवन रक्षाको माग गर्दै नागरिक समूहले शनिबार काठमाडौँको शान्तिवाटिकामा प्रदर्शन गरेको हो।
‘हामी वनका छिमेकी हौं, सत्रू होइनौं, मानव जीवन पहिलो प्राथमिकता, राष्ट्रिय निकुञ्ज चाहिन्छ तर सुरक्षित बस्ती पनि १, वन्यजन्तु संरक्षणसँगै मानव सुरक्षा १ हाम्रो मूल्य १० लाख, बाघ हात्तीको कति?, वन ऐन संशोधन गर, संरक्षणको नाममा बलिदान बन्द गर,’ लगायतका नारा लेखिएका प्लेकार्ड र पोस्टरहरु बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट बर्दियामा हरेक वर्ष ठूलो मानवीय क्षति भएका कारण सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्नका लागि आफूहरूले प्रदर्शन गरेको प्रदर्शनमा सहभागी बर्दिया, गेरूवा गाउँपालिकाका शिव रिमालले बताए ।
‘मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन र दबाब दिनका लागि यो प्रदर्शन गरेका हौं’, रिमालले भने, ‘हामी वन्यजन्तु संरक्षणका विरोधी होइनौँ, संरक्षणसँगै मानव सुरक्षा पनि अनिवार्य हो भन्न आएका हौँ।’
उनले मानिसको जीवनलाई पहिलो प्राथमिकतामा राखेर वन्यजन्तुको संरक्षण गर्नुपर्ने बताए।
रानीपोखरी परिक्रमापछि शान्ति वाटिकामा आयोजित कोणसभालाई दिनेश थापा, सम्राट चौधरी, तारा तिमिल्सिना, रमेश विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए ।
बर्दियामा मात्रै पछिल्लो ५ वर्षमा बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट ५७ जनाको ज्यान गएको छ ।
Shares

प्रतिक्रिया