पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज पुस २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन्।
दिवसका अवसरमा आयोजित समारोहमा सहभागी भई उनले सिंहदरबारको पश्चिमद्वार नजिक रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेका हुन्।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीहरूले पनि नेपाल एकीकरणको अभियन्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेका गरेका छन्।
मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे।
हेर्नुहोस् तस्बिर
































Shares

प्रतिक्रिया