समाज


तीव्र गतिका २ मोटरसाइकल ठोकिँदा १ चालकको मृत्यु, अर्का चालकसहित २ घाइते

तीव्र गतिका २ मोटरसाइकल ठोकिँदा १ चालकको मृत्यु, अर्का चालकसहित २ घाइते

नेपालखबर
पुस २७, २०८२ आइतबार ५:३३, काठमाडौँ

पाल्पाको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

रामपुरबाट भुजातर्फ जाँदै गरेको लु.२० प ५८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु.६८ प ८८०० नम्बरको मोटरसाइकल गएराति आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी लु.६८प ८८०० का चालक रामपुर नगरपालिका–८ पिल्टारका ५० वर्षीय डोलराज कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। 

दुर्घटनामा घाइते हुनुभएका कुमालको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामाअर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका–८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएका छन्। 

दुवैको रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए। 

तीव्रगति गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad