काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, तिवारीस्थित सडकमा बसले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ।
शुक्रबार दिउँसो बा ५ ख २५६२ नम्बरको बसले प्रदेश ३-०२०१३ प ९५४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट स्कुटर चालक कागेश्वरी मनोहरा-४ की २३ वर्षीया आयुषा सिखंडा घाइते भएकी थिइन्।
दुर्घटनामा गम्भीर घाइते आयुषालाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
204
Shares

प्रतिक्रिया