समाज


काठमाडौँमा बस दुर्घटना: यी हुन् मृतक ५ जना

काठमाडौँमा बस दुर्घटना: यी हुन् मृतक ५ जना

नेपालखबर
पुस २४, २०८२ बिहिबार १०:३४, काठमाडौँ

काठमाडौँको शंखरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। 

दुर्घटनामा घाइते भएका ३३ जनामध्ये अहिले पनि २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर काठमाडौँका प्रवक्तासमेत रहेका एसपी पवन भट्टराईले जानकारी दिए। 

दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका- ५ घर हाल काठमाडौँको बुढानिल्कण्ठ बस्ने वर्ष ४९ की कामना शर्मा, ताप्लेजुङको पाथीभरा- ५ घर भई हाल काठमाडौँको पेप्सीकोला बस्ने वर्ष ५५ की शान्ती गुप्‍ता, पाँचथर घर हाल  गोठाटार बस्ने अन्दाजी वर्ष ६५ का देबेन्द्र लिम्बू  र काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीका ६० वर्षीय अर्जुन लामीछानेको मृत्यु भएको हो। 

कामना शर्माको उपचारको क्रममा गएराति सबा १२ बजे टिचिङ अस्पताल मृत्यु भएको हो। त्यसैगरि इन्दिरा लिम्बुको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी बुधबार साँझ ७ः २४ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसैगरि शान्ती गुप्‍ताको एनएमसी अस्पतालमा उपचारको क्रममा साँझ सात बजेर ४९ मिनेट जाँदा मृत्यु भएको छ भने देबेन्द्र लिम्बूको पनि एनएमसी अस्पतालमा साँझ सात बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसैगरि अर्जुन लामीछानेको एनएमसी अस्पतालमा उपचारको क्रममा राति ११ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो। 

बुधबार साँझ पौने ६ बजे शंखरापुर नगरपालिका-३ साँखु जहरसिंह पौवामा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको हो। 

नेचर हाउस एन्ड हर्व इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्कने बस दुर्घटनामा परेको हो। 

महोत्तरीको बर्दिबास घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३२ वर्षीय ध्रुवप्रसाद रेग्मीले चलाएको बस दुर्घटनामा परेको हो। 

‘दुर्घटनामा घाइते भएका पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्,’ एसपी भट्टराईले नेपालखबरसँग भने, ‘घाइते २३ जनाको विभिन्न अस्पतालमा अहिले पनि उपचार भइरहेको छ।’

साँखुस्थित नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल र टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad