सुरुवाती मापनमा आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ।
हिजो (बुधबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।
यद्यपि पछि बिहान ८:४५ बजे घटेर बुधबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले सोही समयमा पुन: मापन गरिनेछ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
बुधबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव २ अर्थात् -६.२ डिग्री सेल्सियस थियो भने सबैभन्दा बढी न्यूनतम तापक्रम धनगढीमा १० दशमलव ५ अर्थात् १०.५ डिग्री सेल्सियस थियो।
हेर्नुहोस् बुधबारको न्यूनतम र अधिकतम तापक्रम सूची:

Shares

प्रतिक्रिया