समाज


भक्तपुरमा गोली हानेको अवस्थामा एक व्यक्ति कोठाभित्र मृत फेला

भक्तपुरमा गोली हानेको अवस्थामा एक व्यक्ति कोठाभित्र मृत फेला

नेपालखबर
पुस २१, २०८२ सोमबार १७:३२, काठमाडौँ

भक्तपुरमा ठिमीमा कन्चटमा गोली हानेको अवस्थामा एक व्यक्ति कोठाभित्र मृत फेला परेका छन्। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जवेगुले मृतक सनिप चाम्लिङ राई भएको पुष्टि गरे।

उनले १२ बोरको राइफलले आफ्नै कन्चटमा गोली हानेको र कोठा बन्द रहेको अवस्थामा शव फेला परेको बताए। 

घटनामा प्रयोग भएको राइफल सनिपका भिनाजुको नाममा लाइसेन्सप्राप्त भएको खुलेको छ।

उनका भिनाजु अवकास प्राप्त ब्रिटिस आर्मी हुन्। मध्यपुरठिमी नगरपालिका ६ राईटोल बस्ने नविन चाम्लिङ राईका छोरा ४० वर्षका सनिप बिरामी पनि थिए। उनीहरूको पहिलेको घर खोटाङ हो। 

साढे चारतले घरको चौथो तलामा भित्रबाटै चुक्कुल लगाएको अवस्थामा सोमबार दिउँसो गोली प्रहार गरेको प्रहरीको भनाई छ। 

घटनास्थलमा प्रहरी वृत्त ठिमीको टोलीले मुचुल्का गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad