समाज


सुनका गहनादेखि गितारसम्म चोरी गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

सुनका गहनादेखि गितारसम्म चोरी गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

नेपालखबर
पुस २१, २०८२ सोमबार १५:३५, काठमाडौँ

काठमाडौंको माछापोखरीबाट चोरीका विभिन्न सामानसहित एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका ५ गोलढुंगा बस्ने वर्ष २२ को मनोज थापा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पुस १८ गते नुवाकोटको शिवपुरी गाउँपालिका ७ घर भइ जिल्ला काठमाडौं महानगरपालिका १६ माछापोखरी स्थित एक डेरा कोठाबाट सुन, मोबाइल, घडी लगायतका धनमाल चोरी भएको थियो।

सो सम्बन्धी सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मनोज थापाको घर खानतलासी गर्ने क्रममा विभिन्न सामान फेला पारेपछि उनलाई पक्राउ गरेको हो। 

मनोजको कोठाबाट सुन जस्तो देखिने पहेँलो धातुले बनेको पोते सहितको तिलहरी थान - १, सुन जस्तो देखिने पहेँलो धातुले बनेको औँठी थान - १, आईफोन थान - १, सामसङ कम्पनीको आईप्याड थान - १, रियलमी कम्पनीको मोबाइल थान - १, आईटेल लेखिएको कि प्याड मोबाइल थान - १,  गितार थान - २,  क्यासियो लेखिएको घडी थान - १, पिनिङ लेखिएको पावर ब्याङ्क थान - १ बरामद भएको छ। 

पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad