समाज


अतिरिक्त स्वास्थ्य सचिवका लागि १४ जनाको आवेदन

अतिरिक्त स्वास्थ्य सचिवका लागि १४ जनाको आवेदन

नेपालखबर
पुस २१, २०८२ सोमबार १४:२९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव पदका लागि १४ जनाले आवेदन दिएका छन्। 

मन्त्रालयलको अधिकृत १२औँ तहमा बढुवाका लागि १४ जनाले आवेदन दिएका हुन्। स्वास्थ्य मन्त्रालयले गत मंसिर २८ मा १५ दिनको समयसीमा तोकेर योग्यता पुगेका इच्छुक अधिकारीलाई आवेदन दिन आह्वान गरेको थियो। 

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले निर्धारित अवधिभित्र १४ जनाको आवेदन परेको मन्त्रालयको जनाएको छ। अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीले गत कात्तिक १९ गते राजीनामा दिएपछि एक पद रिक्त भएको थियो। डा. बाराकोटीले दुई वर्ष पदावधि बाँकी छुँदै राजीनामा दिएका थिए। 

मन्त्रालयले सोही पदमा आन्तरिक बढुवामार्फत पदपूर्ति गर्न प्रक्रिया अघि बढाएको हो। अतिरिक्त सचिवका लागि डा. सुधा देवकोटा, डा. कृष्णप्रसाद पौडेल, प्रा. दुर्गालक्ष्मी श्रेष्ठ, डा. किरणमणि पौडेल, डा. चुमनलाल दास, डा. रुना झा, डा. विनोदविन्दु शर्मा र नारायणप्रसाद ढकालको आवदेन परेको छ।  

यस्तै, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा, डा. यदुचन्द्र घिमिरे, डा. प्रमोद यादव, डा. अभय पोख्रेल र डा. विष्णुप्रसाद शमाको आवेदन परेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad