समाज


पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न विभागको आग्रह

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न विभागको आग्रह

फाइल फोटो


नेपालखबर
पुस १५, २०८२ मंगलबार २१:५३, काठमाडौँ

सडक विभागले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अत्यावश्यक बाहेक यात्रा नगर्न सचेत गराएको छ।

विभागले आज (मंगलबार) सूचना प्रकाशित गरी ‘विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भइ यातायात आवागमनमा कठिनाई उत्पन्न भएको र केही स्थानहरुमा कलभर्ट तथा सडक ढलानको कार्य भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको’ जनाएको छ। 

तसर्थ, मौसममा सुधार नहुन्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न विभागले सबैमा अनुरोध गरेको छ। 

विभागले वैकल्पिक सडकका रुपमा पूर्व–पश्चिम राजमार्ग हुँदै आउने/जाने सवारीसाधनलाई नारायणघाट–मुग्लिङ्ग–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट)–रामपुर–पिपलडाँडा–पाल्पा–बुटवल सडक प्रयोग गर्न आग्रह गरेको छ।

यस्तै, काठमाडौँबाट बर्दघाट पश्चिम जाने तथा बुटवल–काठमाडौँ जाने सवारी साधनले काठमाडौँ–मुग्लिङ्ग–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल सडक प्रयोग गर्न सक्नेछन्।

दुई पांग्रे र ४डब्लुडी चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडकको रुपमा  दुम्कीबास–ज्यामिरे–डाँडाचोक–डमार–भुताहा खण्डको प्रयोग गर्न सकिने विभागले उल्लेख गरेको छ।

साथै, विभागले सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिन विभिन्न फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ। 

जसमा ९८५७०८७२२२ (जिल्ला ट्राफिक), ९८५७०४०९२७ (दुम्कीबास प्रहरी), ९८५५०२७८२०र९८५७०८२३४० (आयोजनाको सूचना अधिकारी), ९८६९७९३१२९ र ९८६०४४१२२९ (परामर्शदाताको इन्जिनियर), ९८१९८८४४१६र ९८४१६००९२३ (निर्माण व्यवसायीको इन्जिनियर) रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad