काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
चक्रपथबाट बूढानीलकण्ठतर्फ आउँदै गरेको बा.प्र ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ मंगलबार बिहान दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ घर भएका अवि श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी, काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सडकमा बाग्मती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडी र बा.९१ प ७५६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–२ घर भएका ३० वर्षीय दिपक बजगाईको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ईभी चालकलाई नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया