ad ad

समाज


डेंगुको उच्च जोखिममा म्याग्दी : एकै दिन तीन जना अस्पतालमा भर्ना

डेंगुको उच्च जोखिममा म्याग्दी : एकै दिन तीन जना अस्पतालमा भर्ना

नेपालखबर
बैशाख २२, २०७७ सोमबार २:१५,

म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ।

बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएको हो।

योसँगै जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ।

एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नम्बर ९ तोरीपानीको पुरुष र वडा नम्बर ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा.नवराज बस्ताकोटीले जानकारी दिए।

‘म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु सङ्क्रमित भेटिएका छन्, उनीहरुको ‘ट्राभल हिस्ट्री’ पनि छैन’, डा बस्ताकोटीले भने।

वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गु रोगको उच्च जोखिममा परेको डा.बस्ताकोटीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .