समाज


आज काठमाडौँको तापक्रम : न्यूनतम घट्दा अधिकतम बढ्यो

आज काठमाडौँको तापक्रम : न्यूनतम घट्दा अधिकतम बढ्यो

नेपालखबर
पुस ११, २०८२ शुक्रबार २१:३०, काठमाडौँ

आज (शुक्रबार) काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा न्यूनतम तापक्रम घट्दा अधिकतम तापक्रम बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज काठमाडौँमा न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियसमा झरेको छ। हिजो यो तापक्रम ७.५ डिग्री सेल्सियस थियो। अर्थात् आज उपत्यकाको न्यूनतम तापक्रम बिहीबारभन्दा २.५ डिग्री सेल्सियस घटेको हो। 

तर अधिकतम तापक्रम हिजोभन्दा बढेको छ। बिहीबार १६.६ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम शुक्रबार बढेर १७.३ डिग्री सेल्सियसमा उक्लिएको हो। 

मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ। यसको ठिक उल्टो दिउँसो आकाश सफा हुँदा घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।  

हेर्नुहोस् आजको तापक्रम सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad