समाज


सेनाको एनसीसी दीक्षान्त समारोह: तीन विद्यालयका ५२८ विद्यार्थी दीक्षित

सेनाको एनसीसी दीक्षान्त समारोह: तीन विद्यालयका ५२८ विद्यार्थी दीक्षित

नेपालखबर
पुस १०, २०८२ बिहिबार २०:१२, धरान (सुनसरी)

राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१ एनसीसी जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ। पूर्वी तालिम शिक्षालय मोरङको याङ्शिलामा गत मङ्सिर २० गतेदेखि सञ्चालन भएको उक्त तालिम आज सम्पन्न भएको हो। 

राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठका अनुसार दीक्षान्त समारोहमा तालिम पूरा गरेका एनसीसी जुनियर डिभिजनका क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गरेका थिए। उक्त तालिममा कोसी प्रदेशका आठ, मधेस प्रदेशका सात र बागमती प्रदेशका तीन विद्यालयका २६५ छात्र र २६३ छात्रा दीक्षित भएका छन्।

समापन कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले तालिमबाट भविष्यमा सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा सहयोग पुग्ने बताए। दीक्षान्त समारोहमा २१ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठ, २ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी दिवाकरविक्रम राणा, विद्यालयका क्याडेट, अभिभावक तथा शिक्षकहरूको उपस्थिति थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad