दुई महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पा र कैलालीबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
बाग्लुङ निसि गाउँपालिका घर भई पाल्पाको तानसेन नगरपालिका-७ बस्ने ३४ वर्षीय जीवन घर्ती मगर भनिने शेर बहादुर बितालुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। शेर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरि कैलाली २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१२ मनेहरा सिबिर बस्ने ३८ वर्षीय झंकु राम डगौरा पनि पक्राउ परेका छन्।
डगौरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। झंकु रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यी दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया