आफूलाई जेनजी बताउने मिराज ढुंगानाको समूहले माइतीघरमा फोटो खिच्ने क्रममा नेपालखबरकर्मी सरोज शाहीमाथि आक्रमण गरेको छ।
आजबाट आन्दोलन सुरु गरेको उक्त समूहले समाचारजन्य सामग्रीका लागि दृश्य खिच्ने क्रममा नेपालखबरकर्मी शाहीमाथि आक्रमण र अन्य मिडियाका फोटो पत्रकारमाथि दुर्व्यवहार गरेको हो।
‘उनीहरूले मैले फोटो खिचिरहेको बेला एक्कासी आएर हेल्मेटले मेरो टाउकोमा हाने।', शाहीले भने ‘आक्रमण गर्दै मलाई अपाच्य शब्दसमेत प्रयोग गरे।’
प्रदर्शनको तस्बिर खिचिरहँदा आफूमाथि हेलमेटले आक्रमण गरिएको माइतीघरमै रहेका शाहीले जानकारी दिए। टाउको ताकेर गरेको आक्रमण छल्दा शाहीको हातमा लाग्यो। आक्रमणबाट बच्ने क्रममा खुट्टामा चोट लागेको छ।
1.1k
Shares

प्रतिक्रिया