समाज


जबरजस्ती करणी आरोपमा २ जना पक्राउ

जबरजस्ती करणी आरोपमा २ जना पक्राउ

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १७:१९, कञ्चनपुर

अछाम र बझाङमा जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

अछाममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय पुष्प साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

साउदले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै, बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ का २२ वर्षीय सुरज जोशी रहेका छन्। 

सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad