समाज


कागेश्वरी मनोहरा ७ का वडाध्यक्ष भीमसेन थापाको निधन, नगरमा आज शोक बिदा

कागेश्वरी मनोहरा ७ का वडाध्यक्ष भीमसेन थापाको निधन, नगरमा आज शोक बिदा

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार ८:२७, काठमाडौँ

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ। 

हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ। 

०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा थापा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

थापाको पार्थिव शरीर हिजै पशुपति आर्यघाटमा अन्त्यष्ठि गरिएको छ। 

अन्त्यष्ठिअघि काङ्ग्रेस नेताहरु प्रकाशमान सिंह,गगन थापा र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की लगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad