समाज


अधिकारीसहित ७ जनाविरुद्ध १३ करोड ५७ लाखको बिगो

अधिकारीसहित ७ जनाविरुद्ध १३ करोड ५७ लाखको बिगो

महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी


उजिर कार्की
मंसिर १७, २०८२ बुधबार १५:५, काठमाडौँ

नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको विशेष अदालत स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।  

७ जनालाई प्रतिवादी बनाइएकोमा अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीमात्रै पक्राउ परेका छन्। अन्य ५ जना फरार छन्। अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ। 

मुद्दा दायर भएकामा प्राधिकरणका ४ जना, १ इन्जिनियर र १ कन्सलटिङ कम्पनी र त्यसका सञ्चालकविरुद्ध मुद्दा दायर भएको हो। 

क्यानका कर्मचारीहरू उप-प्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा,  इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका सञ्चालक विजय थापालाई प्रतिवादी कायम गरि मुद्दा दायर भएको अदालतले जनाएको छ। 

विशेष अदालतले थुनामै राख्न अनुमति दिए उनीहरूले हिरासतमा बस्नुपर्नेछ। यसअघि अनुसन्धान गर्दा भने अख्तियारले तारेखमा राखेर बयानलगायतका प्रक्रियाअगाडि बढाएको थियो।  

तारेख बुझ्नकै लागि बुधबार अख्तियार पुगेका उनीहरूलाई पक्राउ गरेर अभियोग पत्रका साथ विशेष अदालतमा लगिएको हो।  

अख्तियार स्रोतका अनुसार भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोप छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad