ad ad

समाज


डिजेल बोक्ने ट्या‌ंकरमा १५५ बोतल लागुऔषध बरामद

डिजेल बोक्ने ट्या‌ंकरमा १५५ बोतल लागुऔषध बरामद

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १३:१३,

भारतबाट रक्सौल नाका हुँदै आएको पेट्रोलियम पदार्थको ट्यांकरमा लागुऔषध फेला परेको छ।

मकवानपुरको हेटौंडामा चेकजाँचका क्रममा ना ३ ख ६४६६ नं को डिजेल बोकेको ट्यांकरमा प्रहरीले लागुऔषध फेला पारेको हो।

रक्सौलबाट काठमाडाँैतर्फ जाँदै गरेको ट्यांकरको तेल निकाल्ने लकिङ बक्समा १ सय ५५ बोतल लागुऔषध विनक्रिक्स फेला पारेको हो।

ट्यांकर चालक मकवानपुरको थाहा नगरपालिका ४ का ३३ वर्षीय मानबहादुर थोकर र ओसारपसारमा संलग्न ४५ वर्षीय सेते लामा पक्राउ परेको प्रहरी निरीक्षक सुजन पाठकले बताए।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम यो कारोबारमा संलग्नलाई २ वर्षदेखि १० वर्ष सम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। उक्त सवारी साधन समेत जफत हुन सक्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .