समाज


कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार २१:५८, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई सचेत गराएको छ।

नेपाल मेडिकल काउन्सिलमा दर्तावाला केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम, फोटो तथा प्राप्त गरेको डिग्री साईनबोड, ब्रोसर पम्प्लेट आदि प्रचारप्रसार सामाग्रीहरुमा राखि शैक्षिक परामर्श गरिरहेको भन्ने उजुरीको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको  मेडिकल काउन्सिलले जनाएको छ। 

मंगलबार विज्ञप्ति प्रकाशित गरी काउन्सिलले चिकित्सकको ‘कोड अफ इथिक्स’समेत स्मरण गराएको छ।

‘नेपाल मेडिकल काउन्सिलको कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७ को बुदा नं. ५ए मा 'अ मेडिकल प्राक्टिस्नर सुड नट अलो हर/हिज नेम टु एपियर अन एनी साइनबोर्ड ह्विच क्यारिज मर्चेन्डाइज अर सर्भिस प्रमोसन। सी/ही सुड नट अलो द प्लेसमेन्ट अफ हर/हिज साइनबोर्ड टु बि एसोसाइटेड विथ अदर साइनबोर्डस' स्पष्ट रुपमा उल्लेख गरिएको’ मेडिकल काउन्सिलले चिकित्सकलाई सम्झाएको छ।

तसर्थ यस्तो कार्य लगायत 'कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७' मा उल्लेखित कुनै बुदाहरु उल्लंघन हुने कुनै कार्यहरु नगर्न र नगराउनुहुन तथा उल्लंघन गर्ने चिकित्सकहरुलाई सोही 'कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७' को बुदा नं. ९ मा उल्लेख भए बमोजिम सजाय हुने व्यहोरा सबै दर्तावाला चिकित्सक लगायत सम्पूर्ण सरोकारवालाहरूमा नेपाल मेडिकल काउन्सिल अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad