समाज


मंसिर १६ सम्म माग पूरा गर्न औषधि व्यवसायीहरूको ‘अल्टिमेटम’

मंसिर १६ सम्म माग पूरा गर्न औषधि व्यवसायीहरूको ‘अल्टिमेटम’

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १५:५५, काठमाडौँ

औषधि व्यवसायीहरूले औषधि व्यवस्था विभागमा धर्ना जारी राखेका छन्। आइतबार बिहान व्यवसायीहरूले विभागमा धर्ना दिएका हुन्।

औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका छन्।

विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधि ऐन, दफा ११ लाई संशोधन गर्दा औषधि व्यवसायीहरुलाई पलायन गर्न खोजिएको आरोप लगाए। उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न माग गरे।

सरकारले मंसिर १७ गतेसम्म पनि आफूहरुका माग पूरा नगरे कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने चेतावनी दिए। सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरु खोलिरहेको बताउँदै आइतबार दिनको १ घण्टा, सोमबार २ घण्टा गर्दै क्रमशः १७ गतेसम्म एक घण्टा बढाएर पसल बन्द गर्ने चेतावनी दिए। 

उनले भने, ‘स्वास्थ्यमन्त्रीले २ गते पठाएको ध्यानाकर्षण पत्र ९ गतेसम्म पनि पाउनुभएको रहेनछ। म सम्बोधन गर्छु भन्नुभएको थियो। १० दिनको अल्टिमेटम दिएका थियौँ। ११ गते बाध्य भएर एक घण्टाको मौन धारण गरेका थियौँ। सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर काम गरिरहेका छौँ। आज हाम्रा सम्पूर्ण औषधि पसलहरू ११ देखि १२ बजेसम्म सटर डाउन भएका छन्। आज पनि माग पूरा भएनन् भने भोलि दुई घण्टा, पर्सि तीन घण्टा गरेर क्रमशः १६ गतेसम्म माग सम्बोधन भएनन् भने १७ गतेदेखि यो भन्दा कठोर निर्णय लिएर आन्दोलनमा उत्रिनेछौँ।’

केही समय यता औषधि व्यवसायीहरुले आफ्नो मागहरु पूरा गर्न माग गर्दै धर्ना दिइरहेका छन्।

औषधि ऐन, दफा ११ लाई संशोधन गरेर ल्याइएको उपदफाको विरुद्ध नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि आयातकर्ता संघहरु मिलेर संघर्ष समिति बनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad