समाज


प्रहरी कार्यालय तोडफोड, आगजनी तथा प्रहरीलाई दुर्व्यवहार गर्ने ५ जना पक्राउ

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा प्रहरीलाई दुर्व्यवहार गर्ने ५ जना पक्राउ

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १४:२८, सुनसरी

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-३ का २९ वर्षीय विजय लिम्वु, इटहरी-५ का ४४ वर्षीय दीपेन्द्र कुमार कार्की, इटहरी-८ का २४ वर्षीय आभाष कार्की, इटहरी-४ का २४ वर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी-४ स्थितमा बस्दै आएका ४७ वर्षीय मदन खत्री रहेका छन्। 

घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडिओ, सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा फैलिएका फोटो तथा भिडिओका आधारमा पहिचान गरी पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरूमाथि अपराधिक उपद्रव कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भइरहेको हुँदा आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडिओहरू फेला परेमा तथा प्रहरीको हातहतियार लुकाइ छिपाइ राखेको भन्ने बुझिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइ अनुसन्धान कार्यमा सहयोग गरी कोसी प्रदेश प्रहरीले अनुरोध पनि गरेको छ।  सूचना उपलब्ध गराउनेको विवरण गोप्य हुने प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad