खेल


अशोकको कप्तानी इनिङमा नेपालले हङकङलाई दियो २७१ रनको लक्ष्य

अशोकको कप्तानी इनिङमा नेपालले हङकङलाई दियो २७१ रनको लक्ष्य

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १४:२९, काठमाडौँ

कप्तान अशोक धामीको उत्कृष्ट ब्याटिङमा नेपाली युवा टोलीले एसीसी मेन्स यू–१९ प्रिमियर कपमा जितका लागि हङकङसामु दुई सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

युुएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउन्ड–२ मा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७० रनको योगफल तयार पारेको हो। नेपालका लागि कप्तान अशोक धामीले ५१ बलमा तीन चौका र चार छक्का सहयोगमा ७३ रनको योगदान दिए। 

त्यस्तै, दर्श सुनार ४५ रनमा अविजित रहे। दिलसान अलीले ३२ रन बनाए। सिवरिन श्रेष्ठले २५ रन थपे। 

वंश क्षेत्रीले २४, निरजकुमार यादवले २२ र रोशन विश्वकर्माले २१ रन बनाए। निश्चल क्षेत्रीले तीन रन थपे। 

हङकङका लागि अभिमन्यु गनेशन र डेनियल मापले समान दुई विकेट लिए। त्यस्तै, प्रित मंगुकिया, अफ्ताव हुसैनले एक–एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad