समाज


चितवन कारागारबाट फरार १२४ कैदीबन्दी अझै फर्किएनन्

चितवन कारागारबाट फरार १२४ कैदीबन्दी अझै फर्किएनन्

नेपालखबर
मंसिर ८, २०८२ सोमबार २१:७, काठमाडौँ

जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २५ गते यहाँको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन्।

कार्यालयमा सम्पर्कमा नआएकाहरूमध्ये जबरजस्तीकरणीका ३८ जना रहेका छन्। लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन्। 

कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दाका १०, हिउँ चितुवा अखेटो प्रहार ओसारपसारका पाँच, बैंकिङ कसुर, सवारी ज्यान अङ्गभङ्ग मुद्दाका तीन/तीन जना,  ठगी कृते, सहकारी ठगी, खोटा मुद्रा मुद्दाका दुई÷दुई जना फरार रहेका छन्। डाँका, हातहतियार तथा खरखजना, विद्युतीय कारोबार, अभद्र व्यवहार, अपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, मानव बेचविखन र अपहरण मुद्दामा एक÷एक जना फरार रहेका छन्।

हालसम्म कारागारमा सम्पर्कमा नआएकामध्ये ११ जना भारतीय नागरिक रहेका छन्  उनीहरूसहित दुई जना बालबालिका सम्पर्कमा आएका छैनन्। ढुङ्गानाका अनुसार हालसम्म ६१५ जना कैदीबन्दी फर्किएका छन्। उनीहरूसँग आश्रित दुई बालबालिका पनि छन्।

फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रहरीले दैनिकजसो फरार कैदीबन्दी पक्राउ गरेर ल्याउने गरेको सुनाए। मातहतका सबै जनशक्तिले फरार रहेकाको खोजीलाई तीव्रता दिएको उनले बताए।

कारागार व्यवस्था विभागले असोज २० गतेसम्म कारागार फर्कन गरेको अनुरोधको समयभित्र ५७४ जना फर्किएका थिए। सम्पर्कविहीन भएकाको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए। उनले जिल्ला कारागारमा हाल बाहिरी जिल्लाका छ र चितवनका पाँच जना कैदीबन्दी अन्य कारागारमा रहेका बताए। 

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ। फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने प्रहरीले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad