काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्स र साथसाथै फाउन्डेसनबीच जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारी पत्रमा हस्तक्षर भएको छ।
आज भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्राध्यापक डा वेदमणि दाहालले वातावरणीय पक्षलाई सामाजिक–आर्थिक दृष्टिकोणसँग जोड्न साथसाथै फाउन्डेसनसँगको सहकार्य अत्यन्त महत्वपूर्ण भएको बताए। उनले संयुक्त अनुसन्धान डिजाइन तथा कार्यान्वयनलगायत सहकार्यका मुख्य क्षेत्रहरू विस्तृत रूपमा स्पष्ट पारे।
स्कुल अफ साइन्स उपप्राध्यापक स्मृति गुरुङले दुई पक्ष मिलेर व्यावहारिक समाधानमार्फत जलवायु न्यायका मुद्दा उठाउने सक्ने बताइन्।
साथसाथै फाउन्डेसनका उपाध्यक्ष डा सिद्धार्थ बज्र बज्राचार्यले आफूहरुले दिगो पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायलाई सशक्त बनाउँदै त्यस क्षेत्रका काम गर्दै आएको र संस्थाले अहिलेसम्म गरेका कामहरुको बारेमा प्रकाश पारे।
साथसाथैका अध्यक्ष प्रजिता कार्कीले आफूहरूले विशेषगरी जलवायु न्यायका स्थानीय विषयलाई अन्तरराष्ट्रिय फोरममा उठाएको उल्लेख गरिन्। फाउन्डेसनले स्थापना कालदेखि नै जलवायु परिवर्तन र वातावरणसँग सम्बन्धित विभिन्न विषयमा खोज, अनुसन्धान, नीति निर्माणमा सहयोग तथा नेपालका एजेन्डालाई अन्तरराष्ट्रियस्तरमा उठाउँदै आएको छ।
अध्यक्ष कार्कीले यसअघि काठमाडौँ विश्वविद्यालय र फाउन्डेसनको बीचमा कोप–२८ र विश्व वातावरण दिवसको दिन नेपाल कोल एक्जिट कार्यक्रम कार्यान्वयन गरिएको र त्यसलाई निरन्तरता दिइने बताइन्। रासस
Shares

प्रतिक्रिया