समाज


ललितपुरमा टिपरको ठक्करले पैदलयात्रीको मृत्यु

ललितपुरमा टिपरको ठक्करले पैदलयात्रीको मृत्यु

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १२:६, काठमाडौँ

ललितपुरको गोदावरी नगरपालिका-९ छम्पीस्थित सडकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बाग्मती प्रदेश-०१-००४ क १७१४ नम्बरको टिपरले ठक्कर दिएपछि सोही स्थानका ३१ वर्षीय संजिब राना मगर गम्भीर घाइते भएका थिए।

घाइते रानाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad