हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहान ८ बजे जनाएअनुसार अहिले कोसी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।
मौसम महाशाखाको प्रक्षेपणअनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा/हिमपातको सम्भावना पनि छ।
यस्तै राति कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
21
Shares

प्रतिक्रिया