ad ad

समाज


इटलीमा संक्रमितको संख्या २ लाख नाघ्यो

इटलीमा संक्रमितको संख्या २ लाख नाघ्यो

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १६:३३,

कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक इटलीमा संक्रमितको संख्या २ लाख नाघेको छ।

इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले जनाएअनुसार मर्ने र निको हुनेसहित हालसम्म २ लाख १ हजार ५ सय ५ जना संक्रमित भएका छन्।

इटलीमा हालसम्म २७ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

सोमबार इटलीमा संक्रमितको संख्यामा केही कमी आएको जनाइएको छ।

अमेरिका र स्पेनमा मात्र इटलीभन्दा धेरै संक्रमित भएका छन्।

अमेरिकामा १० लाख र इटलीमा सवा २ लाख मानिस संक्रमित भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .