कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट्स (पीपीई) अभावबारे ध्यान आकर्षित गर्न जर्मनीमा डाक्टरहरुको एउटा समूहले नग्न तस्बिर खिचाएका छन्।
उनीहरुले आफ्नो विरोधलाई ‘नग्न चिन्ता’ नाम दिएका छन्।
पर्याप्त पीपीई उपलब्ध गराउन आग्रह गरेपनि नसुनिएकाले यस्तो विरोध गर्नुपरेको उनीहरुले बताएका छन्।
‘हामी पीपीईबिना भाइरसका अघिल्तिर कति कमजोर छौँ भन्ने संकेत हो नग्नता,’ एक डाक्टर रुबेन बर्नाउले भनेका छन्।
डाक्टरहरुले चिकित्सकीय औजारसहित नग्न भएर फोटो खिचाएका छन्। उनीहरुले गुप्त अंग फाइल, ट्वाइलेट पेपरलगायतले छोपेका छन्।
जनवरीको अन्त्यदेखि नै जर्मन डाक्टरहरुले पीपीई उपलब्ध गराउन आग्रह गर्दै आएका छन्। यस्ता सामग्रीको चरम अभाव रहेको उनीहरुको भनाइ छ। एजेन्सी

प्रतिक्रिया