समाज


प्रदेश १ मा ३१ जना कोरोना संक्रमित

प्रदेश १ मा ३१ जना कोरोना संक्रमित

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार २:४,

प्रदेश १ मा हालसम्म पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको छ।

प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण गरिएको हो।

प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन्।

प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .