समाज


देशभर ३०४ जना कोरोना ‘रेडजोन’ मा, काठमाडौंमा ८ जना

देशभर ३०४ जना कोरोना ‘रेडजोन’ मा, काठमाडौंमा ८ जना

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ११:११,

कोरोना संक्रमणको आशंकामा विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत बिरामीको संख्या ३०४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा सम्भावित कोरोना शंकास्पद ८ जना थपिएका छन्। देशभर गरी ३०४ जना व्यक्ति कोरोनाको ‘रेडजोनमा’ रहेका मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा ३०४ जना व्यक्ति कोरोनाको आशंकामा विभिन्न अस्पतालका आइसोलेसनमा रहेका जानकारी दिए। उनका अनुसार ति मध्ये ८ जना काठमाडौंका अस्पतालमा उपचाररत छन्।

सोमबार नयाँ कोरोना संक्रमित भने थपिएका छैनन्। डा. देवकोटाका अनुसार कूल ५२ जना संक्रमित मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने ३६ जना विभिन्न अस्पतालमा उपचाररत छन्। ति मध्ये १ जना धनगढी, ३ जना बिरगञ्ज, १ जना भरतपुर र विराटनगरमा ३१ जना रहेका छन्। उनीहरु सबैको अवस्था सामान्य छ।

सरकारले आरडीटी र पीसीआर विभिबाट गरी देशभर ५३ हजार ६३ जनाको कोरोना परीक्षण गरेको जानकारी दिएको छ।

यस्तै, अब निजी क्षेत्रका अस्पताललाई पनि कोरोना परीक्षण गर्न अनुमति दिइएको छ। डा. देवकोटाका अनुसार ति अस्पतालले कोरोना परीक्षणका लागि भने छुट्टै अनुमति लिनुपर्नेछ।

हाल देशका विभिन्न १६ वटा अस्पतालमा कोरोना परीक्षण भइरहेको डा. देवकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .