ललितपुरको भैंसेपाटीस्थित महानगरीय प्रहरी प्रभागबाट तीन थुनुवा फरार भएका छन्।
ललितपुर प्रहरी स्रोतका अनुसार शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना सोमबार राति प्रहरीकाे हिरासतबाट भागेका हुन्।
उनीहरुमध्ये दुई जना डाँका र एक जना लागुऔषध मुद्दाका अभियुक्त छन्। उनीहरु ग्रिल उप्काएर भागेकाे प्रहरीले जनाएकाे छ।
ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले घटनाको पुष्टि गरेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उनीहरुकाे खाेजीका लागि व्यापक प्रहरी परिचालन गरिएकाे छ।
प्रतिक्रिया