ad ad

समाज


कर्कटको प्रेममा सफलता ५८ र भाग्याङ्‌क ६१ प्रतिशत, अन्यको कति? हेर्नुस् वैशाख २० को राशिफल

कर्कटको प्रेममा सफलता ५८ र भाग्याङ्‌क ६१ प्रतिशत, अन्यको कति? हेर्नुस् वैशाख २० को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख २०, २०८१ बिहिबार ४:३८, काठमाडौँ

आज बिहीबार, २० वैशाख २०८१ (२ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : कार्य क्षेत्रमा प्रगति हुनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। यात्रा खासै फलदायी देखिँदैन त्यसैले भरिसक्के लामो यात्रा नगरेको राम्रो।

वृष : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छन्। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। शुभारम्भको चर्चा पनि चल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्ति होला। कालो रङको प्रयोग अनुकूल छैन।

मिथुन : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको दिन छ। दिनको उत्तरार्धमा अधिक धन खर्च हुन सक्छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरा वैदेशिक कार्य सहजै अघि बढ्नेछन्।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कर्कट : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। पारिवारिक सद्‌भाव बढ्नेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ।

भाग्यशाली रङ कालो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। निलो रङको प्रयोग उपयुक्त छैन।

सिंह : दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। शुभ समाचार सुन्न पाइएला। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

कन्या : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। यात्रा लाभदायक अनि सफल रहनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल देला। जोस, जाँगर र हिम्मत बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। झुट नबोल्नु होला।

तुला : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। आफ्नो विचार विपरीत निर्णय हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्यमा खर्च  बढ्न सक्छ। साँझमा शुभ समाचार पाइनाले मन खुसी हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृश्चिक : नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नाले नवीन काम सुरु गर्ने समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा सरस्वती प्रसन्न हुनेछिन्। सजिलै अरूको विश्वास भने नगर्नु होला।

धनु : सामूहिक तथा रमाइलो यात्रा हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। अचल सम्पत्ति हात पर्ने योग छ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्नु राम्रो हुनेछ। निमुखा प्राणीलाई खानेकुरा दिएमा मनमा शान्ति छाउनेछ।

मकर : भाग्यले विभिन्न अवसर जुराउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पिंक र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

कुम्भ : ठूलो उपलब्धि हात पार्न नसकिएला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा भने शुभ समाचार मिल्नेछ। प्रेमीप्रेमिकासँगको सम्बन्ध यथावत्‌ रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४६, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४३ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। खैरो रङको प्रयोग नगर्ने।

मीन : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। तीर्थाटनको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। शुभ र मङ्गल कार्यको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .