समाज


कोरोना प्रकोपका बेला कस्मिरका बालबालिकालाई रेडियोमार्फत शिक्षा

कोरोना प्रकोपका बेला कस्मिरका बालबालिकालाई रेडियोमार्फत शिक्षा

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ११:४९,

कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउनु परेको हो।

भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरु अध्ययन कार्यबाट बञ्चित भएका छन्।

अत्यधिक धेरै विद्यार्थीहरु माझ एकैचोटी पुग्ने सजिलो र प्रभावकारी माध्यम नै रेडियो भएकाले रेडियोमार्फत अध्यापन गराउन लागिएको अधिकारीहरुले जनाएका छन्।

भारतको विद्यालय शिक्षा विभागले अर्को हप्तादेखि रेडियोमार्फत अध्यापन गराउने तयारी थालिएको जनाएको छ।

अधिकारीहरुका अनुसार शिक्षकले अल इन्डीया रेडियो मार्फत् अध्यापन गराउने छन् भने तोकिएको समयका विद्यार्थीहरुले घरमै बसेर पढ्न सक्नेछन्।

कस्मिरको विद्यालय शिक्षा निर्देशनालयले यसअघि गत मार्च २६ देखि नै दूरसञ्चार केन्द्रको काश्मिर च्यानलमार्फत पनि अध्यापन गराउँदै आएको छ।

तर कतिपय विद्यार्थीहरु टेलिभिजनको पहुँचमा नभएकाले उनीहरुलाई समेत हुनेगरी रेडियोमार्फत पनि अध्यापन गराउनु परेको हो।

निर्देशनालयले तयार पारेका शैक्षिक सामग्रीहरु रेडियो, टेलिभिजनसँगै युट्युव, निर्देशनालयको वेभसाईट लगायत विभिन्न विद्युतीय माध्यमहरुबाट पनि विद्यार्थीहरुसम्म पु¥याउने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन्।

कस्मिरका विद्यालय शिक्षा निर्देशक मोहम्मद युनिस मलिकले लकडाउन जति लम्बिदै गएपनि विद्यार्थीहरु पठनपाठनबाट पूर्ण रुपमा बञ्चित हुन नपरोस् भनेर पर्याप्त शैक्षिक सामग्रीहरु तयार पारेर विद्यार्थीहरुको पहुँचमा पु¥याउन अनेक उपायहरु गरिएको बताए।

लकडाउन भएका बेला विद्यार्थीहरुले पढ्ने सामग्रीको अभाव नहोस् भनेर नै यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।

भारतको जम्मु र कस्मिर राज्यमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४९४ पुगेको छ भने ती मध्ये छ जनाको मृत्यु भएको छ। त्यसैगरी अरु ११२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार कोरोना भाइरसका कारण देशभरी मृत्यु हुनेको संख्या ८२५ पुगेको छ। त्यसैगरी कुल सङ्क्रमितको संख्या २६ हजार ४९६ पुगेको छ। कुल सङ्क्रमित मध्ये २१३ जना पछिल्लो २४ घण्टामा सङ्क्रणको पुष्टि भएका हुन्। रासस/पिटिआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad