नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता तथा जिफन्टका उपाध्यक्ष कमल गौतमलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि श्रमिक आन्दोलनका क्रममा निधन भएका गौतमको योगदानलाई सम्मान गर्दै सहिद घोषणा गर्नुपर्ने बताए।
६५ वर्षीय गौतम गत बिहीबार धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला निधन भएका थिए। श्रमिक अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका गौतमलाई ‘श्रमिकहरूको महान सहिद’का रूपमा सम्मान गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो।
श्रेष्ठले जेनजी आन्दोलन र सरकारको रवैयाका कारण हजारौं श्रमिक बेरोजगार बनेको बताउँदै उद्योगी र सरकारबीचको विवादको मार श्रमिकमाथि नपर्नुपर्ने उल्लेख गरे।
उनले सरकारमाथि लोकप्रियतावादमा फसेर वास्तविक श्रमिक मुद्दा बेवास्ता गरेको आरोप लगाए। ‘आन्दोलनको नाममा चोरी र हिंसामा संलग्नहरूलाई पनि शहीद भनिन्छ भने, श्रमिकका हकहितका लागि आवाज उठाउँदै ज्यान गुमाउने कमल गौतम झन् महान सहिद हुन्,’ उनले भने।
श्रेष्ठले श्रमिक अधिकारका लागि जिफन्टको आन्दोलन निरन्तर रहने पनि बताए।
Shares

प्रतिक्रिया