भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात मोन्था आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा ‘ल्यान्डफल’ (जमिनमा प्रवेश) गर्न थालेको छ।
अधिकारीहरूले यो प्रक्रिया तीन घण्टासम्म रहने बताएका छन्, जसमा हावाको गति प्रतिघण्टा ९० देखि १०० किलोमिटरको बीचमा हुनेछ।
हाल चक्रवातको केन्द्र मछलीपट्टनमबाट १२० किलोमिटर, काकीनाडाबाट ११० किलोमिटर र विशाखापट्टनमबाट २२० किलोमिटर टाढा छ।
भुवनेश्वरको मौसम विज्ञान केन्द्रका निर्देशक डा. मनोरमा मोहन्तीले भनिन्, ‘आन्ध्र प्रदेश पार गरेपछि यो दक्षिणी ओडिसा पुग्ने अनुमान गरिएको छ, जसका कारण मलकानगिरि, कोरापुट र नबरंगपुरलगायत आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ। यी जिल्लाहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ।’
पूर्वी तटीय रेलवेद्वारा जारी गरिएको अपडेट अनुसार, अहिलेसम्म कुल ६१ रेलहरू रद्द गरिएका छन्। धेरै रेलहरूको रुट परिवर्तन गरिएको छ। केही रेलको समय परिवर्तन गरिएको छ।
ओडिसामा, चक्रवातबाट प्रभावित जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएको छ र मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ।
चक्रवात राहतका लागि आन्ध्र प्रदेश, ओडिसा, पुडुचेरी, तेलंगाना, छत्तीसगढ र तमिलनाडुमा २६ एनडीआरएफ टोलीहरू तैनाथ गरिएका छन्।
एनआरएफले १९ टोलीहरूलाई तयारी अवस्थामा राखिएको बताएको छ। यसका साथै एसडीआरएफ टोलीहरू पनि तैनाथ गरिएका छन्।
Shares

प्रतिक्रिया