समाज


बबरमहलमा ‘जेन-जेड युनाइटेड’ को खबरदारी

बबरमहलमा ‘जेन-जेड युनाइटेड’ को खबरदारी

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १८:३, काठमाडौँ

जेन-जी पुस्ताका युवाहरूलाई एकतावद्ध हुन र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै जेन–जेड युनाइटेडका युवाहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन्।

जेन-जी समूहरूलाई एकतावद्ध भई शहीदका सपनाहरू पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट मंगलबार बबरमहलमा प्रदर्शन गरिएको हो। 

प्रदर्शनमा बालबालिकाहरू र शहीद परिवारका सदस्य पनि सहभागी छन्। प्रदर्शनकारीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरू हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्। 

नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूले जेन-जी समूहलाई एकतावद्ध गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad