प्रधानमन्त्री सुशीला कार्की छठ पूजाका लागि काठमाडौँको कमलपोखरी गएकी छिन्। उनी दिउँसो सवा चारपछि बजे त्यहाँ पुगेकी हुन्।
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी-गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ। 


57
Shares

प्रतिक्रिया